Nepal Viral
सेप्टेम्बर 3, 2025

जनताको पीडा मर्का मनन गर्दै लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङकाे राजिनामा

दाङ । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनी जनमत पार्टीकी तर्फबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।

मंगलबार उनले लुम्बिनी प्रदेशसभाका सभामुखसमक्ष राजीनामा बुझाएकी हुन् । राजीनामा पत्रमा उनले देश र जनताको पीडा राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही पनि हुन नसक्ने आफ्नो मान्यता रहेको उल्लेख गरेकी छन् ।

‘आदरणीय जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेकी हुँ । तर अहिले मेरो कार्यक्षमताप्रति आशा राखिरहेका स्वाभिमानी जनताका सपना म पूरा गर्न असमर्थ छु भन्ने गहिरो अनुभूति भएको छ,’ उनले राजीनामा पत्रमा लेखेकी छन् ।

जनताको करबाट सुविधा लिने नैतिक आधार नरहेको उल्लेख गर्दै उनले मंगलबारकै मितिबाट राजीनामा लागू हुने बताएकी छन् ।

6 thoughts on “जनताको पीडा मर्का मनन गर्दै लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङकाे राजिनामा”

what to take with Dianabol cycle’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ