अदालतले न्याय त दिएन-दिएन, मानवीय व्यवहार पनि गरेन; निकिता पौडेल लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आफूलाई आदालतले न्याय नदिएको बताएकी छन् । रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सन्दर्भ जोड्दै उनले अदालतले न्याय नदिएको र मानवीय व्यवहारसमेत नगरेको बताएकी छन् ।

सर्वोच्चका प्रवक्ताको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले लामिछानेको आदेश आउने दिनको स्मरण गरेकी छन् । केही प्रमाण नभेटिँदा पनि लामिछानेलाई मुद्दा लगाइएको र नियतवस नै उनलाई थुनिएको निकिताको जिकिर छ । गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको र अब न्याय माग्न जाने ठाउँ नै नरहेको उनले गुनासो पोखेकी छन् । उनले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आफ्नो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको टिप्पणी गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
त्रास अझैं बाँकी छ । जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें। बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो।

हाम्रो तर्फबाट बहस राम्रो भयो। बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ। बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें। न्यायप्रतिको विश्वास झनै बढ्यो।

करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतिक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता) को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो।

‘एकैछिन है’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए। ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता।

बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार। अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश । झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ।

शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई । जिन्दगीकै अत्यन्तै कठिन दिन भोलिपल्ट (शनिवार) भैरहवा जानु नै थियो, गएँ। अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला। कसरी उहाँको अगाडि पुगें, थाहा छैन। सायद जिउँदो लास भएर हिंडेछु। उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो। साँझ काठमाडौं फर्किए।

केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँरु मनको डर मेटाउन कसलाई गुहारौं ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ ।

9 thoughts on “अदालतले न्याय त दिएन-दिएन, मानवीय व्यवहार पनि गरेन; निकिता पौडेल लामिछाने”
  1. diagnostico de vibraciones
    Dispositivos de balanceo: clave para el funcionamiento fluido y eficiente de las maquinarias.

    En el mundo de la avances actual, donde la rendimiento y la confiabilidad del sistema son de suma importancia, los sistemas de ajuste cumplen un papel crucial. Estos dispositivos adaptados estan concebidos para equilibrar y asegurar piezas giratorias, ya sea en dispositivos manufacturera, transportes de movilidad o incluso en equipos caseros.

    Para los profesionales en soporte de sistemas y los ingenieros, manejar con dispositivos de equilibrado es importante para asegurar el desempeno uniforme y fiable de cualquier aparato dinamico. Gracias a estas alternativas tecnologicas sofisticadas, es posible disminuir sustancialmente las vibraciones, el estruendo y la esfuerzo sobre los soportes, mejorando la tiempo de servicio de partes costosos.

    Igualmente relevante es el rol que desempenan los dispositivos de balanceo en la atencion al consumidor. El apoyo experto y el reparacion continuo usando estos aparatos habilitan dar soluciones de alta estandar, mejorando la satisfaccion de los usuarios.

    Para los duenos de empresas, la contribucion en sistemas de equilibrado y sensores puede ser fundamental para incrementar la efectividad y productividad de sus sistemas. Esto es particularmente relevante para los emprendedores que gestionan reducidas y intermedias empresas, donde cada punto importa.

    Por otro lado, los dispositivos de calibracion tienen una vasta implementacion en el ambito de la prevencion y el gestion de nivel. Posibilitan localizar potenciales problemas, evitando intervenciones onerosas y danos a los sistemas. Incluso, los resultados obtenidos de estos equipos pueden utilizarse para perfeccionar procedimientos y potenciar la exposicion en buscadores de busqueda.

    Las campos de implementacion de los equipos de calibracion abarcan numerosas areas, desde la fabricacion de bicicletas hasta el monitoreo del medio ambiente. No influye si se refiere de importantes fabricaciones manufactureras o pequenos espacios hogarenos, los sistemas de calibracion son fundamentales para promover un desempeno optimo y sin presencia de interrupciones.

Slot Hoki’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ