अमेरिकी दूतावासले गर्याे सहसचिव तीर्थराज भट्टराईकाे भिसा रद्द

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार  र भिजिट भिसा घोटालामा संलग्न भएको आरोप लागेपछि संयुक्त राज्य अमेरिकाले नेपालको गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी श्रीमती देवीमाया बरालको पाँच वर्षे बहुप्रवेश भिसा रद्द गरेको छ।


विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतको रूपमा काम गरेका भट्टराईमाथि भ्रमण भिसामा विदेश जाने नेपाली यात्रुहरूबाट पैसा असुलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले  अनुसन्धान गरिरहेको छ। नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्दको बारेमा परराष्ट्र मन्त्रालयलाई पहिले नै जानकारी गराएको छ। भिजिट भिषा प्रकरणमा भएको गैरकानुनी कार्यले नेपालमा उच्चस्तरीय अधिकारीहरूद्वारा अवैध आप्रवासन र अध्यागमन हुने भ्रष्टाचार ठुलो चिन्ताकाे विषय बनेको छ ।

14 thoughts on “अमेरिकी दूतावासले गर्याे सहसचिव तीर्थराज भट्टराईकाे भिसा रद्द”

Can You Take Ipamorelin In The Morning’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ