स्कटल्याण्डले दियो नेपाललाई २९७ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट लीग २ अन्तर्गत नयाँ शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले २९७ रनको लक्ष्य पाएको छ।
स्कटल्यान्डमा सोमवार जारी खेलको पहिलो इनिङ्समा घरेलु टोलीले ७ विकेटको क्षतिमा २९६ रन बनायो।
स्कटल्यान्डका लागि चार्ली टिअरले सर्वाधिक ८० रन बनाए।
नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले २-२ तथा सन्दीप लामिछानेले १ विकेट लिए।
स्कटल्यान्डमै हुन लागेको खेलमा नेपालले टस जितेर सुरुमा घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको थियो।
नेपाल लीग तालिकाको पुछारमा रहेकाले यस शृङ्खलाअन्तर्गत उसले खेल्ने चार खेललाई चासोका साथ हेरिएको छ।
नेपालले यस शृङ्खलामा स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध २-२ खेल खेल्ने छ।

16 thoughts on “स्कटल्याण्डले दियो नेपाललाई २९७ रनको लक्ष्य”

Tesamorelin Ipamorelin Stack’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ