काठमाडौं । नेपालमा पहिलो पटक ट्रान्सजेन्डरबाट लिंग परिवर्तन भएको छ । त्रिवि शिक्षण अस्पताल महारागञ्जमा जनकपुरका २५ वर्षीय टान्सजेण्डरको शल्यक्रिया गरी महिलाको यौनाङ बनाइएको हो । जेठको दोस्रो साता शल्यक्रिया भई जेठको तेस्रो साता डिस्चार्ज भइसकेकी उनको लिंगकै तन्तुहरुलाई आवश्यकता अनुसार प्रतिस्थापन गरिएको अस्पतालले जनाएको छ । ‘शल्यक्रियापछि यी व्यक्तिले खोजे अनुसारको लैगिक सुविधा लिन सक्षम बनेका छन्’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी प्लास्टिक सर्जन डा.अलरिजा हामीदियान जारोमीको सहयोगमा अस्पतालको प्लास्स्टिक सर्जरी विभागका प्रमुख डा.जयनमान श्रेष्ठको नेतृत्वसहित अस्पतालको चिकित्सक टोलीको सहभागितामा शल्यक्रिया गरिएको हो । अस्पतालमा पहिल्यै सीपयुक्त जनशक्ति भएपनि पहिलो शल्यक्रिया अनुभवी चिकित्सकको सहयोगमा गर्ने निधो गरी अमेरिकी सर्जन डा.जारोमीको सहयोग लिएको प्लास्टिक सर्जरी विभागका प्रमुख डा. श्रेष्ठले बताए ।
डा. जारोमीले शल्यक्रिया गरेवापत कुनै शुल्क नलिएको अस्पतालले जनाएको छ । डा.जारोमी आइतबार नै अमेरिका फर्केको र भविष्यमा अस्पतालले बोलाएमा आउने प्रतिबद्धता जनाएको डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार शल्यक्रियाको क्रममा सेवाग्राहीको लिंगमा आवश्यक ‘क्लाइरटस’ संरक्षण गरी उनको लिंग परिवर्तन गरेकोले भविष्यमा उक्त व्यक्ति पूर्णरुपमा महिलारुपी यौन जीवन अपनाउन सक्षम हुनेछिन । ‘उनी अव पुरुषसँग यौन सम्वन्ध राख्न सक्षम हुनेछिन,’ उनले भने । लिंग परिवर्तन गर्ने व्यक्तिले आफ्नो परिचय गोप्य राख्न अनुरोध गरेकाले नाम सार्वजनिक नगरेको डा. श्रेष्ठले बताए ।
लिंग परिवर्तन गर्ने शल्यक्रिया अत्यन्तै जटिल शल्यक्रिया मानिन्छ । लिंग परिवर्तनपछि पिसावको नली च्यापिने, लिंगमा संक्रमण हुने जस्ता जटिलता आउने भएकोले शल्यक्रिया गरेको व्यक्ति अत्यन्तै सजक भई सफाइमा ध्यान दिनु पर्ने डा. श्रेष्ठ सुझाउँछन् ।
लिंग परिवर्तन गर्ने शल्यक्रियाको लागि डा. श्रेष्ठले थाइल्याण्डमा पुगी दुई महिनाको तालिम लिएर आएका थिए । त्यसपछि उनको प्रयासमा नेपालमै यो कार्यक्रम ल्याइएको हो । आफुसँग प्रर्याप्त सीप भएकोले अबको शल्यक्रिया गर्न अस्पतालकै टिम पर्याप्त भएको उनले सुनाए ।
यो शल्यक्रियाको लागि नेपालमा डेढदेखि दुई लाख रुपैयाँ शुल्क लाग्नेछ । नेपालमा यो सेवा सुरु भएसंगै यो शल्यक्रियाको लागि टान्सजेण्डर विदेश गएर लाखौ खर्च गर्ने समस्यावाट मुक्त हुने दाबी डा. श्रेष्ठको छ । ‘यस्तो शल्यक्रियाको माग धेरै छ, भविष्यमा थप शल्यक्रिया गर्छौ’ उनले भने ।
नेपालमै पहिलो लिंग परिवर्तनको शल्यक्रियासंँगै यस्तो शल्यक्रियाको लागि अस्पताल सक्षम भएको अस्पतालका डा. श्रेष्ठले बताए ।
शल्यक्रियामा प्लास्ष्टिक सर्जरी विभागका सवै प्लाष्टिक सर्जनहरू प्राध्यपक डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. हिमालय निरौला, रेजिडेन्ट डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा.नोभेल, डा.ईशा, डा.अस्विन संलग्न थिए ।
Nice post. I used to be checking constantly this weblog and I
am inspired! Very helpful information particularly the last section 🙂 I
care for such information much. I used to be looking for this certain info for a very long time.
Thank you and best of luck.
My web blog; is brain defender a good product
Your style is very unique compared to other folks I have read stuff from.
Thank you for posting when you have the opportunity, Guess I
will just book mark this web site.
My page pink salt trick