Nepal Viral
अक्टोबर 6, 2025

परम्परागत ‘झ्याइखट्टे’ रक्सीलाई ब्रान्डिङ, खोटाङमा व्यावसायिक उत्पादन सुरु

खोटाङ : नेपाली पहाडी समुदायको संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको कोदोको र क्सीले अब व्यावसायिक पहिचान पाएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ मा अवस्थित भुगर्भ एग्रो प्रा. लि. ले परम्परागत घरेलु र क्सीलाई ‘झ्याइखट्टे’ नाम दिएर आकर्षक प्याकेजिङसहित बजारमा ल्याएको छ।

नेपाली समाजमा घरमा आएका पाहुनालाई सत्कार गर्न, जन्म, विवाह, मृ *त्यु संस्कार जस्ता सांस्कृतिक अनुष्ठानमा देवता र पितृलाई चढाउन तथा चाडपर्वमा प्रसादको रूपमा कोदोको र क्सीको प्रयोग अनिवार्य जस्तै मानिन्छ। कतिपय समुदायमा यसलाई रुघाखोकी र चिसोबाट बच्ने घरेलु औषधिको रूपमा समेत प्रयोग गर्ने चलन छ। यही सांस्कृतिक महत्त्वलाई जीवन्त राख्दै रैथाने उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले भुगर्भ एग्रोले यो कदम चालेको हो।

कम्पनीका अनुसार, यो उत्पादनले विदेशबाट अर्बौं रुपैयाँमा आयात हुने पेय पदार्थको विकल्प बन्न सक्छ, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै कोदो किसानलाई समेत प्रोत्साहन मिल्नेछ।
यद्यपि, उत्पादकले ‘झ्याइखट्टे’ को सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै यसको सेवन सीमित मात्रामा गर्न आग्रह गरेको छ। “यो हाम्रो रैथाने चिनारी हो, यसलाई जोगाउनु हाम्रो कर्तव्य हो, तर अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ,” कम्पनीले जनाएको छ।

यो प्रयासले परम्परागत उत्पादनलाई ब्रान्डिङ गरेर विश्व बजारमा नेपाली पहिचान स्थापित गर्ने सम्भावनाको ढोका खोलेको छ।

27 thoughts on “परम्परागत ‘झ्याइखट्टे’ रक्सीलाई ब्रान्डिङ, खोटाङमा व्यावसायिक उत्पादन सुरु”

How To Reconstitute Ipamorelin 2Mg’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ