Nepal Viral
सेप्टेम्बर 14, 2025

पोर्चुगललाई युरोपेली नेसन्स लिगको उपाधि

काठमाडौं । पोर्चुगलले युरोपेली नेसन्स लिगको उपाधि जितेको छ।गएराति भएको फाइनल खेलमा स्पेनलाई हराउँदै पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको हो।एलियान्ज एरिनामा खेलको निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा ५-३ गोलले विजयी हुँदै पोर्चुगलले उपाधि उचालेको हो।अल्भारो मोराटा पेनाल्टीमा चुकेपछि स्पेन पराजित हुन पुगेको थियो।

त्यसअघि मार्टिन जुबिमेन्डीले २१ औं मिनेटमा स्पेनलाई सुरूवाती अग्रता दिएका थिए। २६ मिनेटमा पोर्चुगलका नुनो मेडिजले बराबरी गोल फर्काए। ४५ मिनेटमा मिकेल ओयरजबालले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए।६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई पुनः बराबरीको अवस्थामा पुर्‍याएका थिए।

निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समय खेलाइएको थियो। त्यसमा पनि दुवै पक्षले गोल गर्न नसक्दा टाइब्रेकरमा पुगेको थियो।

2 thoughts on “पोर्चुगललाई युरोपेली नेसन्स लिगको उपाधि”

does cjc 1295 ipamorelin increase appetite’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ