काठमाडौं । करिब चालिस वर्षअघि कछुवा गतिमा हिडिरहेकाे नेपाली चलचित्रको चाललाई खरायोकाे रफतारमा ल्याउने अभिनेता राजेश हमाल आजबाट ६१ वर्षमा प्रवेश गरेका छन् ।
चलचित्र युगदेखि युगसम्म देखि हालसालै प्रदर्शनमा आएको चलचित्र नरसिंह अवतारसम्म आइपुग्दा आम दर्शकसमक्ष हमालकाे चर्चा र उपस्थिति एउटै देखिन्छ । आफ्नो चार दशक लामो फिल्मी यात्रामा हमाल कहिल्यै विवादमा आएनन् । जानकार बताउँछन् ” २५ वर्ष एकछत्र राज गर्दासमेत उनमा कहिल्यै दम्भ अहंकार कहिल्यै देखिएन”
हमालकाे यहीँ शालीनता , बाैद्विकता र विनम्रताले आम दर्शकबाट सम्मानस्वरुप उनलाई नेपाली चलचित्र क्षेत्रकाे महानायककाे दर्जा दिइएकाे छ । हमालले फिल्म खेले पनि नखेले, फिल्म सफल भएपनि , असफल भएपनि नेपाली जनताको मनमुटुमा विगच चार दशकदेखि बस्न सफल भएका छन् । आज उनै सर्वप्रिय नायकको जन्मदिन । अनमाेल शुभकामना महानायक !!!!