सर्वप्रिय नायक राजेश हमाल पुगे ६१ वर्ष

काठमाडौं । करिब चालिस वर्षअघि कछुवा गतिमा हिडिरहेकाे नेपाली चलचित्रको चाललाई खरायोकाे रफतारमा ल्याउने अभिनेता राजेश हमाल आजबाट ६१ वर्षमा प्रवेश गरेका छन् ।

चलचित्र युगदेखि युगसम्म देखि हालसालै प्रदर्शनमा आएको चलचित्र नरसिंह अवतारसम्म आइपुग्दा आम दर्शकसमक्ष हमालकाे चर्चा र उपस्थिति एउटै देखिन्छ । आफ्नो चार दशक लामो फिल्मी यात्रामा हमाल कहिल्यै विवादमा आएनन् । जानकार बताउँछन् ” २५ वर्ष एकछत्र राज गर्दासमेत उनमा कहिल्यै दम्भ अहंकार कहिल्यै देखिएन”


हमालकाे यहीँ शालीनता , बाैद्विकता र विनम्रताले आम दर्शकबाट सम्मानस्वरुप उनलाई नेपाली चलचित्र क्षेत्रकाे महानायककाे दर्जा दिइएकाे छ । हमालले फिल्म खेले पनि नखेले, फिल्म सफल भएपनि , असफल भएपनि नेपाली जनताको मनमुटुमा विगच चार दशकदेखि बस्न सफल भएका छन् । आज उनै सर्वप्रिय नायकको जन्मदिन । अनमाेल शुभकामना महानायक !!!!

20 thoughts on “सर्वप्रिय नायक राजेश हमाल पुगे ६१ वर्ष”

blend cjc 1295 no dac 5mg with ipamorelin 5mg’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ