शेरबहादुर पुत्र जयवीरकाे लगानी काेट्याउँदा पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध साइबर कसुरमा पक्राउ पुर्जी जारी भएको हो।

स्रोतका अनुसार उजुरी परेपछि साइबर ब्युरोले प्रहरी प्रमुखसँग सल्लाह गरी गिरफ्तारी अनुमति ल‍िएको बुझिएको छ। तर, कसले उजुरी हालेको भन्नेबारे खुलाइएको छैन।

पत्रकार पाठकले केही समय अगाडि आफ्नो युट्युव च्यानलमा हिल्टन होटलको शेयर खरिद तथा बिक्रीसँग सम्बन्धी सामग्री पोष्ट गरेका थिए। जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको दाबी गरेका छन्।

24 thoughts on “शेरबहादुर पुत्र जयवीरकाे लगानी काेट्याउँदा पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी”

Sermorelin vs ipamorelin cjc 1295’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ