काठमाडौं : स्कटल्यान्डले नेपाललाई ९८ रनको विजयी लक्ष्य दिएको छ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० श्रृंखलामा घरेलु टिम स्कटल्यान्डले नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको हो।
तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनायो। स्कटल्यान्डका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
ओपनरद्वय जर्ज मुन्से र मार्क वाटले क्रमशः ८ र १ रन बनाउँदै पेभेलियन फर्किए। ब्रान्डन म्याकमुलेनले १० रन बनाउँदा कप्तान म्याथ्यु क्रसले १५ रन बनाउँदै पेभेलियन फर्किए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चिए। करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए। नेपालले श्रृंखलाको पहिलो खेलमा नेदरल्यानड्ससँग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो।
can anabolic steroids help arthritis
References:
legal supplements that act like steroids (git.17pkmj.com)