काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरल गायक दुर्गेश थापालाई बधाई दिएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टासले लेखेर गायक थापालाई नयाँ उपलब्धिका लागि बधाई दिएका हुन् । प्रधानमन्त्रीले यस्तो लेखेका छन् । ” आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !”