Nepal Viral
सेप्टेम्बर 2, 2025

बस्नेतकाे कमेन्टले म विक्षिप्त छु : समिक्षा अधिकारी

काठमाडौं । गायिका समिक्षा अधिकारीले आफ्नो फेसबुक पेजमा एमाले नेता महेश बस्नेतले आफूमाथि गरेको टिप्पणीका विषयमा विचार सेयर गरेकी छिन् । गायिका अधिकारीले आफ्नो पाेस्टमा यस्तो लेखेकी छिन्

” सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो।
तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी, अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।
जनताको अदालतभन्दा ठुलो अरु केहि छैन।
जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्न बाध्य नपार्नुस्। बस्नेतज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो…?

5 thoughts on “बस्नेतकाे कमेन्टले म विक्षिप्त छु : समिक्षा अधिकारी”

Oral dianabol Cycle’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ