अनन्त अम्बानी रिलायन्स इन्डस्ट्रिज लिमिटेडको कार्यकारी निर्देशकमा निर्वाचित

काठमाडौं : भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी रिलायन्स इन्डस्ट्रिज लिमिटेडको कार्यकारी निर्देशकमा निर्वाचित भए। मे १, २०२५ मा सुरु भएको उनको नयाँ कार्यकाल पाँच वर्षका लागि हो।

अनन्त पहिले रिलायन्सको बोर्डमा गैरकार्यकारी निर्देशकको रूपमा काम गर्थे भने अब उनी कम्पनीको पूर्णकालीन निर्देशकमध्ये एकको रूपमा छनोट भएका छन्।  

तलबसहित अन्य सुविधा 

रिलायन्स इन्डस्ट्रिजको कार्यकारी निर्देशकको रूपमा अनन्तले हरेक वर्ष १० देखि १२ करोड रुपैयाँ तलब पाउनेछन्। यति मात्र नभई उनले कम्पनीको नाफामा कमिशन पनि पाउनेछन्। यसबाहेक उनले अन्य धेरै सुविधाहरू पनि पाउनेछन्। कम्पनीले अनन्तको वार्षिक वृद्धि रिलायन्सको एचआरएनआर समितिले तय गर्ने पनि बताएको छ।

रिलायन्सले बीएसई फाइलिङमा अनन्तको तलब र भत्ता १० करोडदेखि २० करोड रुपैयाँसम्म हुने जानकारी गराएको छ। अन्य सुविधामा घर भाडा भत्ता, घर मर्मत भत्ता, ग्यास, बिजुली, पानी भत्ता आदि समावेश छन्।

यति मात्र नभई व्यापारिक यात्राको क्रममा अनन्तले आफू र उनकी श्रीमतीका साथै सहयोगीका लागि आवास, खाना र यात्रा खर्च पाउनेछन्। घरमा उनीहरूको सञ्चारको खर्च पनि कम्पनीले बेहोर्ने छ। यसबाहेक कम्पनीले उनको र परिवारको लागि स्वास्थ्य उपचारसँगै सुरक्षाको पनि व्यवस्था गर्नेछ। 

25 thoughts on “अनन्त अम्बानी रिलायन्स इन्डस्ट्रिज लिमिटेडको कार्यकारी निर्देशकमा निर्वाचित”
  1. Планируете ремонт https://remontkomand.kz в Алматы и боитесь скрытых платежей? Опубликовали полный и честный прайс-лист! Узнайте точные расценки на все виды работ — от демонтажа до чистовой отделки. Посчитайте стоимость своего ремонта заранее и убедитесь в нашей прозрачности. Никаких «сюрпризов» в итоговой смете!

  2. Новые актуальные промокод iherb promo kod herb для выгодных покупок! Скидки на витамины, БАДы, косметику и товары для здоровья. Экономьте до 30% на заказах, используйте проверенные купоны и наслаждайтесь выгодным шопингом.

delivery-ny-130’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ