धर्म फेर्ने काम हुँदैछ धमाधम


मिम बहादुर परियार

विश्वमा करिब ४३०० प्रकारका धर्म छन् । करिब आठ अर्ब जनसंख्या यी धर्मका अनुयायी हुन् । प्रत्येक धर्मको रूप, आवरण फरकफरक भएतापनि सार भने उस्ताउस्तै छ । हिन्दू, इसाई, इस्लाम, किराँत, इत्यादि, मन्दिर, चर्च, गुम्बा, जहाँ गएपनि, जुन धर्मको अनुयायी भए पनि, काम शक्तिको आराधना गर्नु नै हो । सिया र सुन्नीको द्वन्द्व होस् या क्याथोलिक, प्रोटेस्टेन्टबीचको खट्पट् होस् कि हिन्दू धर्मभित्रको जात व्यवस्था– जताततै दमन, द्वन्द्व र अत्याचार देख्न पाइन्छ । धर्मको नाममा घट्ने हिंसा, विवाद, बहिस्करण तमाम बहस र विमर्शका मुख्य एजेण्डा हुने गरेका छन् । यसका बाबजुद पछिल्लो समय मानिसहरू धर्मान्तरण गरिरहेका छन् । कोही पितापुर्खाको धर्म त्यागेर नयाँ धर्म अपनाइरहेका छन् भने कोही यी धर्म बेकामे हुन् भन्दै नास्तिकको पथ पछ्याइरहेका छन् ।

वास्तवमा, धर्म हो के ? यसको काम के हो ? यो किन आवश्यक छ ? यी प्रश्नहरूको उत्तर दिन जति सजिलो छ– त्यति नै गार्‍हो छ, आलोचनात्मक विमर्श गर्दादेखिने डिस्कोर्स र त्यसभित्रको द्वन्द्वात्मक दृश्य । मानव सभ्यताको सुरुवाती कालमा धर्म त्यस बेलाको बर्बर युगलाई सभ्य युगतिर लैजानलाई विकास गरिएको थियो । समाजभित्रको अराजकतालाई नियमन र व्यवस्थापनका लागि बनाइएको कानुन थियो । धर्म अनुशासन र न्याय अन्याय छुट्याउने मुख्य माध्यम थियोे । त्यससँगै धर्म स्वर्ग, नर्क, पाप र पुण्यको आख्यान थियोे । समयक्रमसँगै मानवमा आएको परिवर्तनले धर्मका नयाँनयाँ रूपदेखिन थालेका छन् । कसैलाई धर्म, डर देखाएर कालो धन सङ्कलन गर्ने साधन बन्यो । कसैलाई स्वघोषित देवीदेवता हुने सजिलो बाटो बन्यो त कतिलाई राजनीतिक चाल भयो । आधुनिक कालखण्डमा धर्म केहीका लागि धन्दा भएको छ भने कतिका लागि निल्नु र ओकल्नु मानिएको छ ।

धर्मको रूप र अर्थ पनि मानिसअनुसार फरकफरक हुनसक्छ । दार्शनिक कार्ल माक्र्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए । बौद्ध धर्मका प्रणेता गौतम बुद्धले धर्मलाई जीवन जिउने मार्ग भनेका छन् । केही नास्तिकले धर्मलाई दास मानसिकताको उपज हो पनि भनेका छन् । कतिपय भौतिकवादी कहलिएकाले धर्मलाई कर्तव्य मानेका छन् । जेहोस्, वर्तमान परिप्रेक्ष्यमा धर्म रहस्यमय छ । यो ठाउँ र व्यक्तिअनुसार फरकफरक छ । यो गार्‍हो छ र निकै सजिलो पनि । कतिलाई नेपाल हिन्दू राज्य भएको हेर्ने मन छ । केहीलाई भने देश धर्म निरपेक्ष भएकै राम्रो लागेको छ ।

०७८ को जनगणनाअनुसार नेपालमा दश धर्मका अनुयायी छन् । नेपालीको मुख्य धर्म हिन्दू हो भने यो धर्म त्याग्ने अथवा धर्म परिवर्तन गर्नेको संख्या पनि दिनानुदिन बढ्दो छ । सदियौंदेखि अपहेलनामा परेका सीमान्तकृत समुदाय तथा प्रगतिशील विचारधारा राख्नेहरूले विविध कारणवस धर्म त्यागेका छन् ।

धर्म परिवर्तन गर्नु पाप हो भन्ने धर्ममार्फत् मान, सम्मान, जागिर प्राप्तलाई लाग्छ । इसाई धर्मका ठूला पादरीहरू ब्राह्मण जातिकै छन् । आदिवासी जनजाति पनि त्यो चक्रभित्र देखिन्छन् । सिमान्तकृतका पाइलाले पनि धर्म परिवर्तनको बाटो हिँड्न खोजेको जस्तो देखिन्छ ।

कारण विना धर्मान्तरण गर्न कहाँ सकिन्छ र ? जुम्ला, कालिकोटदेखि काठमाडौं र भक्तपुरसम्म धर्मान्तरण गर्ने काम बढ्दो छ । सिमान्तकृत समुदाय जो आर्थिक, सामाजिक रूपमा पछाडि पारिएका थिए, उनीहरूले धर्म परिवर्तन गरिरहेका छन्् । धर्म परिवर्तनपछि हिजो केही नहुनेले केही पाएका छन् । हिजो रोगले थला परेकाहरूले धर्मान्तरणपछि उपचार पाएका छन् । जसलाई छोराछोरी पढाउन गाह्रो थियो, तिनले विद्यालयको अनुहार देख्न पाएका छन् । जसलाई खान, लगाउन कठिन थियो, धर्म परिवर्तन गरेपछि खाना पाएका घटना यहाँ धेरै छन् । कतिले बुझेर धर्म त्यागे, कतिले बाध्यताको आधारमा धर्म फाले, कतिले केही पाउनका लागि धर्म परिवर्तन गरे । अन्ततोगत्वा, धर्मान्तरण देशमा बढ्दो छ ।

नेपालमा केही दलित समुदायले धर्मान्तरण गर्नुका अनेक कारणमध्ये जातीय विभेद पनि हो । हिन्दू धर्ममा बस्दा बहिस्करणबाट आजित भएकाले नयाँ धर्म जहाँ जात छैन, विभेद छैन त्यो धर्म रोजेका छन् । त्यस्तै गरिबीका कारण धर्मान्तरण गर्नेहरूमा दलित, गैरदलित धेरै छन् । पितापुर्खाको धर्म धेरै रुढीवादी, अनावश्यक झन्झट, खर्च धेरै भएकाले पनि त्याग्नेहरू धेरै छन् । धर्म परिवर्तन गर्दा केही पाइन्छ भने किन नगर्ने भन्ने सोच पनि छ । 

परिवर्तन प्राकृतिक प्रक्रिया हो । यो सृष्टिमा भएका हरेक सिर्जना परिवर्तनशील छन् । मानिसको यात्रा रामापिथेकसदेखि होमो सेपिन्ससम्म परिवर्तन भएरै आएको हो । धर्म पनि समयसँगै, मानवीय अवस्था, आस्था र आवश्यकताको आधारमा परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो । तर धर्मको जुन रूप अहिले विश्वमा देखिएको छ, त्यसको भने अन्त्य हुन आवश्यक छ । धर्मका नाममा विश्वभर भएका मानवताविरोधी गतिविधिको मुख्य तत्वको अन्त्य हुन जरुरी छ ।

अझ, धर्मभन्दा विज्ञान र नवीन विचारलाई प्राथमिकता दिने जमात बढ्नुपर्नेदेखिन्छ । जसले समता, समानता र सामाजिक स्वतन्त्रताको रक्षा गरोस् । मानव विकासका नयाँ आयाम स्थापना गरोस् । ताकि धर्मका नाममा हुने अपराधबाट मानव समाज मुक्त हुन सकोस् ।

5 thoughts on “धर्म फेर्ने काम हुँदैछ धमाधम”
  1. В целом, Дизайн человека может быть полезным инструментом для самопознания, саморазвития, и улучшения качества жизни. Он помогает понять себя и окружающий мир, и найти свой путь, который приносит счастье и удовлетворение. Дизайн человека по дате рождения бесплатно

    Профиль в Дизайне Человека — это уникальная комбинация двух линий, которые формируют ваш характер и способы взаимодействия с миром.
    Дизайн человека помогает понять, какой тип энергии вы излучаете, как вы принимаете решения, и как лучше использовать свою энергию, чтобы не выгорать, а чувствовать себя более удовлетворённым
    Дизайн человека делит людей на четыре категории, помогает узнать себя и показывает путь к счастливой жизни.
    Понимание своего Дизайна Человека может помочь в выборе жизненного пути, который лучше соответствует вашему характеру и предназначению.
    Дизайн человека может помочь вам лучше понимать людей вокруг вас, их энергетический тип, и как лучше взаимодействовать с ними.
    Анализ своего Дизайна Человека может помочь в понимании причин, по которым вы испытываете определенные трудности, разочарования, и как можно их преодолеть.

  2. Дизайн человека делит людей на четыре категории, помогает узнать себя и показывает путь к счастливой жизни. Ворота 33 дизайн человека

    Дизайн человека может помочь вам лучше понимать людей вокруг вас, их энергетический тип, и как лучше взаимодействовать с ними.
    Профили в Дизайне человека · 1 линия — Исследователь · 2 линия — Отшельник · 3 линия — Мученик · 4 линия — Опортунист · 5 линия — Еретик · 6 линия — Ролевая модель.
    Тип – это основа, но ваша уникальность проявляется через Профиль, Центры, Каналы и Ворота.
    Понимание своего Дизайна Человека может помочь в выборе жизненного пути, который лучше соответствует вашему характеру и предназначению.

chemodan361’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ