काठमाडौं । शिक्षण अस्पताललाई नयाँ भवन हस्तान्तरण गरेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले समाजसेवा गर्दा आनन्द लाग्ने बताएका छन्। सोमबार भाटभटेनी सुपरमार्केटले शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्जलाई दोस्रो भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्।
आफूले दान र समाजसेवाको शिक्षा स्वर्गीय माता र योगीबाट पाएको उनको भनाइ थियो। धन आर्जन गरी दान गर्नुपर्ने शिक्षा पाएकाले त्यसलाई व्यवहारमा लागु गर्दै गएको उनले सुनाए। भिडियो प्रस्तुतिमार्फत गुरुङले ५० वर्षअघि एक योगीले धन कमाउने हो भने दान गर्नुपर्छ भनेको र स्वर्गीय माताबाट पनि यस्तै शिक्षा पाएको बताए। ‘आमा दान गरिरहनुहुन्थ्यो। योगीले पनि दान गरे आनन्द मिल्छ भनेका थिए,’ गुरुङले भने, ‘मैले राष्ट्रबाट केही पाउँला भनेर सहयोग गरेकै होइन, दान गरे जनताको मनमा बस्न सकिन्छ भन्ने हो।’
समाजसेवाको भावनाकै कारण गुरुङले विगतदेखि नै अस्पताल, विद्यालय, छात्रवृत्तिजस्ता क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएका छन्। उनले बुढानीलकण्ठमा बन्दै गरेको बाल अस्पताललाई करोडौं सहयोग गरिसकेका छन्। खोटाङमा विद्यालय निर्माण, भूकम्पपछि राहतस्वरूप सरकारलाई एक करोड, कोरोना महामारीमा संघीय सरकारलाई एक करोड र प्रत्येक प्रदेशलाई २५ लाखका दरले उनले राहत सहयोग प्रदान गरेका थिए।
त्यसैगरी अघिल्लो वर्ष बाढीपहिरोपीडितको सहयोगका लागि एक करोड ११ लाख, भूकम्पपछि सुलभ खाद्यान्न वितरण, भारतमा पशुपति मन्दिर स्थापनालगायतमा पनि उनको सहयोग रहेको छ। इँटाभट्टामा काम गर्दै एसइईमा चार जिपिए ल्याई उत्तीर्ण भएकी गोमा श्रेष्ठलाई एमबिबिएससम्मको अध्ययनका लागि छात्रवृत्ति दिने प्रक्रिया पनि उनले अघि बढाइसकेका छन्।


For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
natural bodybuilders vs steroid users
References:
Strongest Corticosteroids (http://www.Cnbluechip.com)
960788 319387You should indulge in a contest for among the greatest blogs over the internet. Ill suggest this internet internet site! 286464
200537 20460Glad to be 1 of many visitants on this awesome site : D. 182064
562733 311623This really is one extremely interesting post. I like the way you write and I will bookmark your blog to my favorites. 578272
374422 177336Hi, ich habe Ihre Webseite bei der Suche nach Fernbus Hamburg im Internet gefunden. Schauen Sie doch mal auf meiner Seite vorbei, ich habe dort viele Testberichte zu den aktuellen Windeleimern geschrieben. 754092
three risks of using anabolic steroids
References:
radiocasimiro.com
research steroids for sale
References:
https://elitepropertiescr.com