Nepal Viral
अक्टोबर 26, 2025

बेलायतको ब्राडफोर्ड विश्वविद्यालयद्वारा मनिषा कोइरालालाई मानार्थ विद्यावारिधि उपाधि प्रदान

 

काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ।

सामाजिक सञ्जालमा भिडिओसहित पोस्ट लेख्दै मनिषाले यसबारे जानकारी दिएकी छन्।

सम्मान ग्रहण गर्दै गरेको भिडिओ सेयर गर्दे उनले लेखेकी छन्, – ‘म यहाँ शिक्षाको परम्परागत बाटो भएर आएको व्यक्तिको रूपमा होइन, जीवनमा कडा परिश्रम, असफलता, लचिलोपन र सेवामार्फत सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु। यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्ने भन्दा बढी अर्थपूर्ण छ। यो प्रमाण हो कि तपाईं जहाँबाट सुरू गर्नुहुन्छ, तपाईंको यात्रा महत्वपूर्ण छ। मेरो जीवनको कथामा मूल्य देख्नुभएकोमा ब्राडफोर्ड विश्वविद्यालयलाई धन्यवाद।’

अभिनेत्री मनिषा पछिल्लो समय संजयलीला भन्सालीको नेट्फिल्क्स सिरिज ‘हीरामण्डी’ मा देखिएकी थिइन्। यो सिरिजमा मलिकाजानको भूमिका निर्वाह गरेकी उनको प्रशंसा भएको थियो।

64 thoughts on “बेलायतको ब्राडफोर्ड विश्वविद्यालयद्वारा मनिषा कोइरालालाई मानार्थ विद्यावारिधि उपाधि प्रदान”

sportwetten bester bonus’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ