काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच एकता भएको छ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गरिएको होर एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू सहभागी छन्। अभियानका संयोजक गौतम पनि राष्ट्रिय सभागृहमा छन्। कार्यक्रममा एकीकृत समाजवादीका नेताहरूले नेता गौतमलाई खादा लगाइदिँदै अँगालो हालेका थिए।
कार्यक्रममा दुवै पक्षका नेता–कार्यकर्ताहरूको उपस्थिति छ। कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गरेका थिए।
विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए। लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो। एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ।


itstitle
excerptsa
45443 372288I must admit that this is 1 excellent insight. It surely gives a company the opportunity to get in on the ground floor and actually take part in creating something special and tailored to their needs. 314394