Nepal Viral
अक्टोबर 26, 2025

राप्रपाका अध्यक्ष लिङ्देन कडा हुँदै , आफ्ना विरुद्ध उभिने उपाध्यक्षलाई गरे कार्वाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका हुन्। प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका हुन्।


अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए। सुवेदी र लावतीलाई पदमुक्त गर्ने अध्यक्ष लिङ्देनको कदम स्वेच्छाचारी भन्दै उपाध्यक्ष गिरीसहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्ती शाहीले बिहीबार विज्ञप्ति जारी गरेका थिए। अध्यक्ष लिङ्देनले आफूले मनोनीत गरेकाहरूले आफूविरूद्ध गुट बनाएर घेराबन्दी गरिरहेको बताएका थिए। राप्रपामा ८ जना उपाध्यक्ष छन्। तीमध्ये ४ जना महाधिवेशनबाट निर्वाचित र बाँकी ४ जना अध्यक्ष लिङ्देनले मनोनीत गरेका थिए। सुर्खेतका मुकुन्दश्याम गिरीलाई अध्यक्ष लिङ्देनले २०७८ माघ १६ गते उपाध्यक्ष पदमा मनोनीत गरेका थिए। 

29 thoughts on “राप्रपाका अध्यक्ष लिङ्देन कडा हुँदै , आफ्ना विरुद्ध उभिने उपाध्यक्षलाई गरे कार्वाही”

cjc 1295 ipamorelin 5mg vial reddit’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ