Nepal Viral
सेप्टेम्बर 1, 2025

बलात्कार आराेपमा फरार मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज  पक्राउ

काठमाडौं । बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन्। अहिराजलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो। उनीविरुद्ध गत चैत २५ मा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।

२३ वर्षीया युवतीले उनकै निवासमा गएर अहिराजले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्।

प्रहरीले यसअघि पीडित युवतीविरुद्ध नै आपराधिक लाभसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए। सो मुद्दामा पीडित युवती हाजिरी जमानीमा रिहा भएकी थिइन्।

राजेश अहिराज ०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए।

5 thoughts on “बलात्कार आराेपमा फरार मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज  पक्राउ”

Testosterone Cypionate And Dianabol Cycle’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ