बंगलादेशकी सागाेरिकाका ४ गाेलले नेपाल उपविजेतामा सिमित

काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामा सिमित बनेको छ । सोमबार बेलुकी भएको अन्तिम खेलमा नेपालले बंगालादेशसँग ४-० गोलको लज्जास्पद हार बेहोरेको हो ।

बसुन्धरा किङ्स एरिनामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन सागोरिकाले एक्लैले चार गोल गरिन् । खेलको आठौं मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोल गरेको बंगलादेश दोस्रो हाफमा थप हाबी बन्यो ।

दोस्रो हाफको छैटौं मिनेटमा सागोरिकाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् । ५८ औँ मिनेटमा सागोरिकाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर घरेलु टोलीलाई सहज जिततर्फ अगाडि बढाएकी थिइन् ।  यस्तै ७७ औँ मिनेटमा सागोरिकाले व्यक्तिगत चौथो गोल गर्दै बंगलादेशलाई ४-० गोलको जित दिलाएकी हुन् ।

खेलमा नेपालले कुनै समयपनि बंगलादेशलाई दबाबमा राख्न सकेन । जितसँगै बंगलादेश ६ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि उचाल्दा नेपाल ६ खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा रहेर उपविजेतामा चित्त बुझायो ।

बंगलादेशले पछिल्लो सात वर्षमा पाँचौ पटक उपाधि जितेको हो ।

7 thoughts on “बंगलादेशकी सागाेरिकाका ४ गाेलले नेपाल उपविजेतामा सिमित”
  1. 229681 351879Great V I should certainly pronounce, impressed with your website. I had no trouble navigating through all tabs as well as related information ended up being truly simple to do to access. I recently found what I hoped for before you know it in the least. 729224

riviera deluxe corner fireplace’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ