लेनदेनमा कुरा नमिल्दा प्रेमिकाले गरिन् प्रेमीको हत्या

काठमाडौं । जनकपुरधामको ‘होटेल एसपी एण्ड गेष्टहाउस’ मा शनिबार राति छुरा प्रहार गरी हत्या गरिएका महोत्तरी गाउँपालिका १ का ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा महोत्तरी बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने २१ वर्षीया जुली झा पक्राउ परेकी छिन।

शनिबार राति पौने १० बजे होटलको १०२ नम्बर कोठामा प्रवेश गरेका उनीहरू पाँच घण्टापछि यादवलाई रक्ताम्मे र नग्न अवस्थामा फेला पारिएको हो। घटनापछि झा फरार भएकी थिइन् भने यादव उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएका हुन्।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच आर्थिक लेनदेनको विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतक यादव विवाहित थिए र दुई सन्तान छन्। युवती भने अविवाहित रहेकी छिन।

3 thoughts on “लेनदेनमा कुरा नमिल्दा प्रेमिकाले गरिन् प्रेमीको हत्या”

schedule 40 pvc conduit’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ