काठमाडौं । ‘मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ । शुक्रबार आयोजित ‘स्यास सेरेमोनीमा’ सुन्दरीहरूलाई प्रतियोगी अङ्कसमेत प्रदान गरियो ।
काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत यी प्रतियोगी छनोट भएका हुन् । प्रतियोगी अंक प्राप्त गरेसँगै अब उनीहरू बन्द प्रशिक्षणमा जुट्ने आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले जनाए ।
भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा यसवर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आयोजना गरिएको छ । यसवर्ष १४ सहविधासँगै मिस वर्ल्ड, अर्थ, इन्टरन्यासनलसँगै कोस्मो विधा थप गरिएको छ ।
यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार)
१) सान्भी मण्डल
२) संस्कृति भट्टराई
३) सुदिना हुमागाईं
४) श्रुती महर्जन
५) अनुराधा शर्मा ढकाल
६) अनुप्रिया ठाकुर
७) दीपशिखा नेपाल
८) जगदिश्वरी शाह
९) लुना लुइँटेल
१०) जशोदा कार्की
११) आश्रीया थापा
१२) उरुषा भण्डारी
१३) अञ्जिला रजक
१४) सृष्टिकुमारी तामाङ
१५) क्रिस्टिना बस्नेत
१६) आरती थापा
१७) समृद्धि केसी
१८) सइच्छा थापा
१९) स्वाती पञ्जियार
२०) सोनी घले
२१) श्रीयानी श्रेष्ठ
२२) स्मृति श्रेष्ठ
२३) ओजल रायमाझी
२४) निलिमा पाण्डे
२५) प्रियंका थापा
२६) प्रज्ञिका क्षेत्री



368979 161601It is hard to discover knowledgeable folks on this subject, but you sound like you know what youre talking about! Thanks 431050