Nepal Viral
जुलाई 27, 2025

१७३ यात्रु सवार विमानमा आगलागी : यात्रु र चालक दलका सदस्यलाई स्लाइडमार्फत बाहिर निकालियाे

काठमाडौं । १७९ यात्रु र चालक दलका सदस्य सवार उड्न लागेको अमेरिकन एयरलाइन्सको उडान ३०२३ को विमानमा आगो लागेको छ।
अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अमेरिकन एयरलाइन्सको उडान ३०२३ को पछाडिको भागमा आगलागी भएको हो। आगो लागेपछि विमानमा रहेका १७३ यात्रु र ६ जना चालक दलका सदस्यलाई आपतकालीन स्लाइडमार्फत सुरक्षितरूपमा बाहिर निकालिएको थियो। भिडिओमा बालबालिकासहित यात्रुहरू आत्तिँदै निस्किएको देखिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ