झापामा करणी पछि कुखुराको पोथीको मृत्यु

काठमाडौं । झापाको हल्दिबारी गाउँपालिका–४ जलथलमा कुखुराको पोथीमाथि करणी गरेको आरोपमा ६० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी आफ्नै घरमा पालेको पोथीलाई सुत्ने कोठामा लगेर करणी गर्ने क्रममा रंगेहात पक्राउ परेका हुन् ।

घटना उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाएसँगै प्रहरी टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा करणीका कारण कुखुराको पोथीको मृत्यु भएको पुष्टि भएको छ । हाल आरोपीलाई जिल्ला प्रहरी कार्यालय झापा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पशुजन्य यौन दुरव्यवहार नेपालको कानुनअनुसार आपराधिक अपराध मानिन्छ, जसमा कैद र जरिवाना दुवै सजायको व्यवस्था छ ।

स्थानीय बासिन्दाले घटनाप्रति घोर आपत्ति जनाउँदै यस्ता अमानवीय र घृणित कार्यले समाजमा गलत सन्देश जाने भएकाले कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ