झापामा करणी पछि कुखुराको पोथीको मृत्यु

काठमाडौं । झापाको हल्दिबारी गाउँपालिका–४ जलथलमा कुखुराको पोथीमाथि करणी गरेको आरोपमा ६० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी आफ्नै घरमा पालेको पोथीलाई सुत्ने कोठामा लगेर करणी गर्ने क्रममा रंगेहात पक्राउ परेका हुन् ।

घटना उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाएसँगै प्रहरी टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा करणीका कारण कुखुराको पोथीको मृत्यु भएको पुष्टि भएको छ । हाल आरोपीलाई जिल्ला प्रहरी कार्यालय झापा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पशुजन्य यौन दुरव्यवहार नेपालको कानुनअनुसार आपराधिक अपराध मानिन्छ, जसमा कैद र जरिवाना दुवै सजायको व्यवस्था छ ।

स्थानीय बासिन्दाले घटनाप्रति घोर आपत्ति जनाउँदै यस्ता अमानवीय र घृणित कार्यले समाजमा गलत सन्देश जाने भएकाले कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

21 thoughts on “झापामा करणी पछि कुखुराको पोथीको मृत्यु”

how does ipamorelin compare to other growth hormone secretagogues’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ