काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेले कारागारमा आधारभुत सुविधा पनि नपाएको र उनलाई साह्रै खराब हालतमा राखिएको जनाएको छ ।
आयोगकी सदस्य लिली थापा नेतृत्वको टोलीले सोमबार भैरहवास्थित कारागारमा निरीक्षण गरेपछि लामिछानेलाई राखिएको कोठामा झ्याल समेत नभएकाले र बाहिर खुला हावामा जान नदिइएको जनाएको छ । ‘उहाँहरुलाई एकदमै खराब हालत राखिएको रहेछ,’ अनुगमनपछि थापाले सञ्चारकर्मीसँग भनिन्,‘रविजीलाई राखिएको कोठामा एसि छैन, झ्याल बन्द गरिएको रहेछ, प्रशासनले सुरक्षाको कारण भनेको छ, हामीले आज भनेपछि छिट्टै म्यानेज गर्छाै, झ्याल खोलिदिन्छौं भन्नुभएको छ ।’
लामिछाने रहेको कोठामा दुई वटा पंखा रहेको तर बाहिरबाट हावा आउने ठाउँ नै नभएकाले पंखाको हावाले नपुग्ने अवस्था रहेको सदस्य थापाले बताइन् । शौचालयको अवस्था पनि असाध्यै खराब रहेको र पानीको समेत अभाव रहेको आयोगले जनाएको छ । राज्यले लामिछानेको मानवअधिकारको संरक्षण गरेको नदेखिएको अनुगमनपछि सदस्य थापाको टिप्पणी छ।
थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् । कारागारमा पत्रपत्रिका नआउने भएकाले रविसमेत त्यो सुविधाबाट वञ्चित रहेको थापाले जानकारी दिइन् ।
306967 651574This web page is often a walk-through its the internet you wanted about this and didnt know who to question. Glimpse here, and you will absolutely discover it. 927007