तिस हजार धराैटीमा छुटे चक्रे मिलन

काठमाडौँ ।  चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको एक इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।

 चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार मात्रै अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो।तर, त्यसको भोलीपल्ट उनलाई धरौंटीमा छाडन आदेश दिएको हो  ।

जसअनुसार गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार तथा निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटीमा छाडन आदेश दिएको हो ।

प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम्बाला होटलबाट पक्राउ गरेको थियो ।

21 thoughts on “तिस हजार धराैटीमा छुटे चक्रे मिलन”

After Injecting Cjc 1295 Ipamorelin My Body Gets Hot’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ