अगस्ट 14, 2025

आर्यघाटको शवबाट निकालिएको हड्डी र खरानी किनेको आरोपमा २ व्यक्ति पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन ल्याएको शवबाट निकालेको हड्डी र जलाएको खरानी बेचेको आरोपमा दुईजनालाई प्रक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले उक्त हड्डी र खरानी किनेको आरोपमा पनि दुईजनालाई नियन्त्रणमा लिएको छ ।

यही साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा जल्दै गरेको शवबाट निकालेको हड्डी किनेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु काठमाडौंमै बस्दै आएका छन् ।

प्रहरीका अनुसार ठाकुर हड्डी र खरानी किन्ने व्यक्ति हुन् भने यादव किन्ने कार्यमा सहयोग गर्ने व्यक्ति हुन् । ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसअघि शवबाट हड्डी निकालेर बेचेको आरोपमा पक्राउ परेका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई हाल प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले सोही हड्डी र खरानी किन्नेलाई पनि नियन्त्रणमा लिन सफल भएको हो ।

One thought on “आर्यघाटको शवबाट निकालिएको हड्डी र खरानी किनेको आरोपमा २ व्यक्ति पक्राउ”

Fener district tour’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ