काठमाडौं । देशको पहिलो सुुरुङमार्ग थानकोट नाैबिसे सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने भएको छ । आज बसेकाे मन्त्री परिषदकाे बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार/भ्यान काठमाडौं आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस/मिनी ट्रक काठमाडौं आउदा रु ११५ र जाँदा रु ८० रुपैया, ठूला बस र ट्रक काठमाडौं आउदा रु २ सय ६० र जाँदा रु २ सय तथा भारी उपकरण काठमाडौं आउदा रु ६ सय रुपैयाँ र जाँदा रु २ सय ५० रुपैया दस्तुर लाग्ने प्रवक्ता गुरुङले बताए।