अक्टोबर 7, 2025

मस्ककाे बतासे छाेराे केन्यामा भेटिए

काठमाडौं । केन्याका ४० वर्षीय न्याकुन्दी किबिरुले विश्वकै चर्चित उद्योगपति एलोन मस्क आफ्नो जैविक पिता भएको सनसनीपूर्ण दाबी गरेका छन्। उनले भनेका छन्, उनकी आमाले १९९० को दशकको सुरुवाततिर केन्यामै होटलमा काम गर्दा युवा मस्कसँग छोटो सम्बन्ध भएको थियो। यही सम्बन्धका आधारमा आफू मस्कको पहिलो छोरा भएको उनले दाबी गरेका हुन्।

किबिरूले अब डीएनए परीक्षणमार्फत आफ्नो दाबी प्रमाणित गर्न माग गरेका छन्। उनको भनाइ अनुसार, “म सत्य उजागर गर्न चाहन्छु र मस्क साँच्चै मेरा पिता हुन् कि होइन भन्ने कुरा विश्वलाई देखाउन चाहन्छु।”

सोसल मिडियामा दाबी सार्वजनिक भएलगत्तै उनका तस्बिरहरू भाइरल बने, जसमा किबिरू र मस्कबीच केही समानता देखिएको बताइएको छ। तर, विश्लेषकहरूले यो दावीलाई गम्भीर शंकाको नजरले हेरेका छन्। उनीहरूका अनुसार, यदि किबिरू हाल ४० वर्षका हुन् भने दाबी गरिएको समयको हिसाबले मस्कको उमेर त्यतिबेला केवल १४ वर्ष मात्र हुने भएकाले समयरेखा असम्भव देखिन्छ। साथै, भाइरल तस्बिरहरू डिजिटल रूपमा संशोधित गरिएको हुन सक्ने टिप्पणी पनि भइरहेको छ।

एलोन मस्क स्वयंले भने अहिलेसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर, घटनाले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ। यसले भाइरल दावीहरू कति छिटो फैलिन्छन् र प्रायः यथार्थताभन्दा कल्पनामा आधारित हुने गर्छन् भन्ने पनि देखाएको छ।

हालसम्म किबिरूको दावीको आधिकारिक पुष्टि भएको छैन। तर यस घटनाले देखाएको छ कि उच्च ख्यातिका व्यक्तिहरू समेत अफवाह र असत्य समाचारको निशानामा पर्न सक्छन्।

2 thoughts on “मस्ककाे बतासे छाेराे केन्यामा भेटिए”

แทงมวยเว็บไหนดี รู้ก่อน รวยก่อนใคร’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ