अक्टोबर 8, 2025

लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ का लागि १० छनाेट कृति सार्वजनिक

काठमाडौं । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ ।

‎भाषा, कला, साहित्य, सङ्‌गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश क्षितिजको एउटा मायी नगरमा (कथा सङ्ग्रह) , माधवी वियोगीको कर्मयोगी षडानन्द (महाकाव्य), राजकुमार राईको किवाहाङ (उपन्यास), ठाकुर बेलबासेको चोटहरूको उत्सव (कविता), डा. रेणुका सोलुको तुइन जिन्दगी (निबन्ध), जुनु रानाको रातो नदी (कविता), बाबु त्रिपाठीको सालिक हराएको देश (कविता), डा.श्रीधर खनालको सावर्णि (उपान्यास), शंकरप्रसाद गैरेको सूतपुत्र (उपन्यास) र अर्जुनबाबु दहालको हिँड्न बाँकी बाटाहरू (कविता) परेको विज्ञप्तिमा जनाइएको छ ।

‎वाङ्मय परिषद्लाई प्राप्त १२२ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ ।

‎सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार २०८२ प्रदान गरिने उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त पुरस्कारको राशि रु. ५० हजार रहेको छ ।

8 thoughts on “लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ का लागि १० छनाेट कृति सार्वजनिक”

what Are illegal gambling Machines’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ