आदिलले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिए

काठमाडौं : स्पट फिक्सिङको आरोपमा सफाइ पाएर राष्ट्रिय टोलीमा कमब्याक गरेका मोहम्मद आदिल आलमले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका छन्।

भारतको आसामा राज्यमा भइरहेको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्।

उनले १३ बलमा १३ रन बनाएका गोगोइलाई एलबिडब्लु आउट गरेका हुन्। उनलाई १३औं ओभरमा मात्र कप्तान अनिल शाहले बलिङमा बोलाएका थिए।

नेपाल ‘ए’ टोली अहिले आफ्नो टी२० सिरिजका लागि भारतको आसामा छ। त्यहाँ टोलीले त्यहाँको प्रादेशिक टोलीसँग पाँच खेलको टी२० सिरिज खेल्नेछ।

१४ ओभरको खेल जारी रहँदा आसामको टोलीले छ विकेट गुमाएर १०२ रन बनाएर खेलिरहेको छ। नेपालका लागि आकाश चन्दले तीन विकेट लिँदा विवेक यादवले अर्को दुई विकेट लिएका छन्।

5 thoughts on “आदिलले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिए”

เนอร์สซิ่งโฮมต่างจากบ้านพักคนชราอย่างไร’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ