बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकात्तिक खापर गाउँपालिकाको बीचमा रहेको पादुका त्रिवेणी धाममा दलित महिलालाई पूजामा रोक लगाएको छ।
स्वामीकात्तिक खापर गाउँपालिका-३ की रमिता बिकसहित चारजना दलित महिलालाई पादुका त्रिवेणी धामका पुजारी मष्टीप्रसाद पाध्यायले मन्दिर प्रवेशमा रोक लगाएको रमिता बिकले बताएकी छन्।
बिकले आफूसहित चारजना भदौ १० गते बिहान तीजको अवर पारेर पूजा गर्न पादुका पुगेका बताइन्। पुजारीले आज मुल पुजा हो दलितले मन्दिर प्रवेश गर्न पाउँदैनौ भन्दै रोकेको बताइन्। आफूलाई मन्दिर प्रवेश निषेध गरिएपछि कोल्टी इलाका प्रहरी चौकीमा निवेदन दिएको बताएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख डीएसपी इकवाल हवारीले पादुका मन्दिर प्रवेश निषेध गरेको भन्दै निवेदन आएको छ र उक्त निवेदनका आधारमा मन्दिरका पुजारी र निवेदकलाई बोलाएर घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएका छन्।
नेपालको संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रता र समान अधिकारको ग्यारेन्टी दिएको छ। संविधानको धारा १८ अनुसार जातीय विभेद नगरी सबै नागरिक समान छन्। धारा २४ मा अछुत प्रथा (छुवाछूत) र जातीय विभेदलाई प्रत्यक्ष रूपमा निषेध गरिएको भनिएको छ।
जातीय विभेद तथा छुवाछूत (कसूर तथा सजाय) ऐन, २०६८ अनुसार कुनै व्यक्तिलाई जातको आधारमा पूजा, धार्मिक स्थल वा सामाजिक गतिविधिमा सहभागी हुन रोक्नु आपराधिक कृत्य हो र यसका लागि जेल सजायदेखि जरिवानासम्मको प्रावधान छ।
स्थानीयवासीले धार्मिक स्थलमा अझै पनि दलित समुदाय माथि हुने विभेदलाई संविधान र कानूनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन भन्दै आलोचना गरेका छन्। उनीहरूको भनाइमा, पादुका त्रिवेणी धामजस्ता साझा धार्मिक स्थल सबैका लागि खुला हुनुपर्नेमा पुजारीले गरेको व्यवहारले दलित समुदायलाई अपमानित बनाएको छ। यसरी विभेद गर्ने पुजारीलाई कानुनसम्मत कारबाही परिनु पर्ने बताउँदै आएका छन्।
Hi i think that i saw you visited my web site thus i came to Return the favore I am attempting to find things to improve my web siteI suppose its ok to use some of your ideas
629421 275366I was seeking at some of your blog posts on this web site and I believe this web web site is real instructive! Keep posting . 957067
649946 839300Wonderful post will likely be linking this on a couple of sites of mine maintain up the good function. 270082