लुना लुइँटेललाई मिस नेपाल २०२५ काे उपाधि

काठमाडौं । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित मिस नेपाल २०२५ प्रतियोगिताकाे ग्रान्ड फिनालेमा लुना लुइँटेल मिस नेपाल  २०२५  उपाधि प्राप्त गरेकी छिन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।

यस्तै, मिस अर्थ सोनी घले भएकी छन्। उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरेकी थिइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ। उनलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिएकी थिइन् ।

5 thoughts on “लुना लुइँटेललाई मिस नेपाल २०२५ काे उपाधि”

Keon Dach’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ