काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको दबाबमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा नयाँ कर्मचारी भर्ना गरिएका छन् । यसअघि भर्ना भएका करारका कर्मचारीलाई तलबभत्ता खुवाउन नसकिरहेका बेला तालुकदार मन्त्री पाण्डेको ठाडो दबाब प्रतिष्ठानका कुलपति भूपाल राई र सदस्य सचिव धनप्रसाद सुवेदीले मन्त्री पाण्डेका ३ जना कार्यकर्तालाई भर्ना गरेका हुन् । शुक्रबार तीन जनालाई प्रेस हेल्पर र चाैकीदार पदमा भर्ती गरिएको जानकारी सदस्य सचिव सुवेदीको सचिवालयले बतायो ।
प्रतिष्ठानका लागि सरकारद्वारा विनियोजित बजेट कम भएको भन्दै कुलपति राई र सदस्य सचिव सुवेदीले मन्त्री पाण्डेलाई बजेट थप गरिदिनका लागि माग गरिरहेका थिए । सोही मागलाई बार्गेनिङ विषय बनाएर मन्त्री पाण्डेले आफ्ना कार्यकर्तालाई जागिर खुवाउन दबाब दिएको आफूले बुझेको प्राज्ञ परिषद्का एक जना प्राज्ञले बताए । मन्त्री पाण्डेले आफू चीन भ्रमणबाट फर्किनुअगावै आफ्ना मान्छेको नियुक्ति हुनुपर्ने निर्देशन कुलपति राईलाई दिएको बताइन्छ । मन्त्रीको सोही निर्देशनबमोजिम हतार हतार कर्मचारी भर्ना गरिएको प्रज्ञा–प्रतिष्ठान स्रोतले बतायो । मन्त्री पाण्डे हाल प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण दलमा सामेल भई चीन भ्रमणमा रहेका छन् ।
यसअघि तत्कालीन मन्त्री सुदन किराँतीको दबाबमा राईका सात जना कार्यकर्तालाई प्रज्ञाले भर्ना गरेको थियो । बहालावाला मन्त्री पाण्डेले “पूर्वमन्त्री किरातीका मान्छेचाहिँ राख्न मिल्ने, मेरा मान्छेचाहिँ राख्न नमिल्ने ?” भनेर झोँक्किएपछि मन्त्रीका मान्छेहरूलाई भर्ना गर्न आफूहरू बाध्य भएको कुरा सदस्य सचिव सुवेदीले आफ्ना विश्वस्त साथीहरूलाई सुनाउने गरेको बताइन्छ । हाल प्रज्ञामा स्याथी एक सय जना र करारमा ५७ जना कर्मचारी कार्यरत रहेका छन् । जसलाई तलबभत्ता खुवाउन प्रज्ञालाई सङ्कट परिरहेको कुरा लेखा शाखामा कार्यरत एक जना कर्मचारीले बताए । उनले आर्थिक सङ्कटकै कारण छ÷छ महिनामा करार नवीकरण गर्ने गरिएकामा अहिले आएर तीन महिनाको करार नवीकरण गरिएको बताए ।

Your writing style is engaging. 👉 Watch Live Tv online in HD. Stream breaking news, sports, and top shows anytime, anywhere with fast and reliable live streaming.
Bosphorus dinner cruise Great for photographers, so many scenic spots. https://samarthlifespaces.co.in/?p=92395