काठमाडौं । पहिलो सिजनकाे अपार सफलतापछि एनपिएल दाेस्राे सिजनकाे तयारी स्वरुप एनपिएलको ट्रफी टुर शनिबारदेखि हुने भएको छ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णालीकाे सुर्खेत र सुदूरपश्चिमकाे धनगढी पुर्याइने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।