सेप्टेम्बर 8, 2025

भ्रष्टाचार र सामाजिक सन्जाल बन्दविरूद्ध उभियाे जेनजी पुस्ता

काठमाडौं ।जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्।

माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ।

विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनिएको छ।

यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ। 

प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।

ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन्।
साथै सामाजिक सञ्जाल टिकटकमा नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि आचोचना भइरहेको छ। नेपालमा अरू सामाजिक सञ्जाल बन्द रहे पनि टिकटक र भाइबर भने सञ्चालनमा छ।

8 thoughts on “भ्रष्टाचार र सामाजिक सन्जाल बन्दविरूद्ध उभियाे जेनजी पुस्ता”

Bosphorus sunset cruise’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ