जेनजी आन्दोलनमा ग्लाेबल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रीयम चौंलागाईं भए सहिद

काठमाडौं । ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रीयम चौंलागाईंको आज जेनजी आन्दोलनमा प्रहरीको गोली लागि दु:खद निधन भएको छ । उनी कलेजबाट घर फर्किने क्रममा आन्दोलनमा मिसिएका थिए ।

ग्लोबल कलेजमा ११ बजेसम्म बिहानीको कक्षा पढिसकेर पेप्सीकोलास्थित घर फर्किने क्रममा श्रीयम आन्दोलनमा संलग्न भएको बुझिएको छ । उनीसँग एक साथी थिए । कलेजबाट बस चढेर आएका उनीहरु दुवै बानेश्वर नजिक ओर्लिए ।

कलेज स्रोतले भन्यो, ‘उनीहरु आन्दोलनमा जाने भनेर सल्लाह गरेर नै आएका रहेछन् । बाटोमा काम छ भनेर ओर्लिए ।’

श्रीयमको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको जानकारी प्राप्त भएको कलेजका प्रिन्सीपल अम्बादत्त जोशीले बताए ।

श्रीयमलाई कहाँ कसरी गोली लाग्यो भन्ने खुल्न सकेको छैन । उनी विद्यालयको पोशाकमा थिए । प्रिन्सीपल जोशी भन्छन्, ‘कलेजबाट गइसकेपछि विद्यार्थीहरु कता जान्छन् भन्ने हाम्रो जानकारीमा हुँदैन । हामीले विद्यार्थीहरुलाई आन्दोलनतिर नजानु भनेर भनेका चाहिँ थियौं ।’

सामाजिक सञ्जालमा अहिले श्रीयमको भनेर आन्दोलनमा सँगै गएका उनका साथीको फोटो सेयर भइरहेको छ । अर्का बालक भने सकुशल रहेको प्रिन्सीपल जोशीले जानकारी दिए ।

3 thoughts on “जेनजी आन्दोलनमा ग्लाेबल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रीयम चौंलागाईं भए सहिद”
  1. 91838 716949Currently genuinely do not stop eating because there is but the decision that you will transform into. Function from your home us rrs often a fad for that who wants to earn dollars yet still enough time requires most substantial occasions making use of children and kids goes for as the modern habit. attract abundance 819437

clothing manufacturer’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ