काठमाडौं । नेपाल सरकारले नेपालमा सूचीकरण नभएका भन्दै सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्मलाई नचल्ने बनाइदिएपछि आक्रोशित युवाहरूले नेपालका प्रमुख सहरहरूमा विरोधप्रदर्शन सुरु गरेका छन्।
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारनजिकै माइतीघरमा पनि ‘जेन जी’ ले नेतृत्व गरेको प्रदर्शन सोमवार बिहान सुरु भयो। सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका युवा तथा किशोरकिशोरीलाई ‘जेन जी’ भनेर चिनिन्छ।
अभियान आरम्भ गर्नेहरूले भर्खरै प्रतिबन्धित केही प्ल्याट्फर्म र टिकटकजस्ता अन्य वैकल्पिक डिजिटल मञ्चमार्फत् देशमा विद्यमान राजनीतिक भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी युवा पुस्तालाई आह्वान गरेका थिए।
टिकटकमा विभिन्न नेताका छोराछोरीको ‘विलासी जीवन’ झल्काउने तस्बिर तथा भिडिओ राखेर केही युवाले लाभको पदमा पुगेका नेताहरूले स्वार्थपूर्वक आफ्ना सन्तानलाई फाइदा पुर्याएको तर देशका लागि काम नगरेको भन्ने आशयसहित ‘नेपो बेवी’ ट्रेन्ड सुरु गरेका छन्।
त्यस्ता सामग्रीमा नेपालका विकट क्षेत्रमा कष्टकर जीवन बिताइरहेका मानिसहरूको अवस्थासँग राजनीतिक परिवारको विलासी जीवनलाई तुलना गरिएको छ।


76218 48418Read More HERE. I bookmarked it. 515891
711025 952974Amazing post is going to be linking this on a few sites of mine keep up the great work. 312185