काठमाडौं । दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको” औपचारिक जानकारी इजरेली सेनाले गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्।
हमासले बन्धकमध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको ठानिएको छ। इजरेल र हमासबीच सङ्घर्षविराम भएपछि सोमवारदेखि बन्धकहरू मुक्त गर्ने तयार गरिएको छ।
तर विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए।
“केही थप आयो र चमत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा। नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन्,” उनले भने।
हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्सेस आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए।
Thank you for sharing this! I really enjoyed reading your perspective.
Such a thoughtful and well-researched piece. Thank you.
Keep writing! Your content is always so helpful.