काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ कवि श्री जसराज किराँतीलाई ‘विशिष्ट प्रतिभा सम्मान– २०२५’ र युवा पत्रकार तथा लेखक बिजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार– २०२५’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा नगद एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा नगद एक लाख राशि र ताम्रपत्र रहेको छ । संस्थाले बिशेष परिस्थितिहरुमा मात्र विशिष्ट सम्मानको ब्यावस्ता गरेको छ । यस अघि संस्थाले सर्बोच्च कवि श्री बैरागी काइँलालाई मात्र विशिष्ट सम्मानले सम्मानित गरेको छ ।
सन् १९८१ सालमा धनुषाको जनकपुरधाममा जन्मेकी चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी छन् । ४४ बर्षीया चौधरीले आर आर बहुमुखी क्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारिता विषयमा स्नातक अध्यायन पुरा गरेकी छन् । उनको ‘धाराक विरूद्ध’ कवितासङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कर्फ्यु’ कथासङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कविता संग्रह (लेखिका द्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् । चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ सन् २०२२ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथा संग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ । यस्तै विश्वेश्वर प्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वर प्रसाद कोइरालाका आख्यानमा मधेस, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोधकार्य सम्पन्न गरेकी छन् । यसैगरि उनले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित आँगन पत्रिकाको सम्पादन समेत गरेकी छन् ।
यसैगरी बि सं २००२ साउन १७ गते मैचुङगाउँ, बुइपा–६, खोटाङमा जन्मेका जसराज किराती वाल्यकालदेखि कविता लेखनमा सकृय रहदै आएका छन् । उनको पहिलो कृति ‘उज्यालो खोज्ने आँखाहरू’, कवितासङ्ग्रह, २०३६, ‘जसराज किरातीका कविता’, कवितासङ्ग्रह, २०५७ र ‘जसराज किरातीका प्रतिनिधी कविताहरू’ कवितासङ्ग्रह, २०६४ प्रकाशित छन् । नेपालमा छापाखानाको विकास राम्ररी नहुदै उनले हस्तलिखित साहित्यिक पत्रिका गोरेटो २०२० सालमा सम्पादन गरेका थिए । यसैगरि ‘अर्धचन्द्र’ दैमासीक २०२०, ‘आक्रोश’ २०२६ र ‘हलेसी पुञ्ज’ २०४१ सालमा प्रकाशित पत्रिकाहरू किरातीको सम्पादन रहेका छन् । छ दशकसम्म लगातार नेपाली कविता लेखनमा उनको अतुलनीय योगदानको कदर गर्दै किरातीलाई विशिष्ट सम्मान प्रदान गर्न लागिएको हो ।
सामान्यतया हरेक बर्ष नियमित प्रतिभा सम्मान गर्दै आएकोमा संस्थाले बिशेष परिस्थितिहरुमा मात्र विशिष्ट सम्मानको ब्यावस्ता गरेको छ । चौधरी र किरातीलाई आगामी मंसीरमा काठमाण्डौमा कार्यक्रम गरि पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । सन् २००८ सालमा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व.ईश्वर मानन्धर, स्व.अम्बर गुरुङ, स्व.जीवी लुगुन, स्व.भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भटराई, बूँद राना, टेकवीर मुखिया, प्रधुन्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा कृष्णहरि बराल, दिप श्रेष्ठ, गणेश रसिक र श्री राजेश्वर थापा सम्मानित भइसक्नुभएको छ । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ, बिमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रीन र प्रदिप मेयाङ्बो, सन्ध्या सुब्बा (सिङजाङगो) पुरस्कृत भई सकेका छन् ।
**boostaro**
boostaro is a specially crafted dietary supplement for men who want to elevate their overall health and vitality.
Great job simplifying something so complex.
**potent stream**
potent stream is engineered to promote prostate well-being by counteracting the residue that can build up from hard-water minerals within the urinary tract.
Great job simplifying something so complex.
Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.
I like the efforts you have put in this, regards for all the great content.
Thanks for sharing your knowledge. This added a lot of value to my day.
Such a thoughtful and well-researched piece. Thank you.
This is exactly the kind of content I’ve been searching for.
Your content never disappoints. Keep up the great work!
You always deliver high-quality information. Thanks again!
I wish I had read this sooner!
This was so insightful. I took notes while reading!
**hepatoburn**
hepatoburn is a premium nutritional formula designed to enhance liver function, boost metabolism, and support natural fat breakdown.
**hepato burn**
hepato burn is a potent, plant-based formula created to promote optimal liver performance and naturally stimulate fat-burning mechanisms.
oxc0vi
**flowforce max**
flowforce max delivers a forward-thinking, plant-focused way to support prostate health—while also helping maintain everyday energy, libido, and overall vitality.
**neurogenica**
neurogenica is a dietary supplement formulated to support nerve health and ease discomfort associated with neuropathy.
**cellufend**
cellufend is a natural supplement developed to support balanced blood sugar levels through a blend of botanical extracts and essential nutrients.
**prodentim**
prodentim is a forward-thinking oral wellness blend crafted to nurture and maintain a balanced mouth microbiome.
**revitag**
revitag is a daily skin-support formula created to promote a healthy complexion and visibly diminish the appearance of skin tags.