किरण बिककाे अध्यक्षतामा राष्ट्रिय जेनजी पार्टी दर्ता

काठमाडौँ-  राष्ट्रिय जेनजी पार्टी नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।पार्टी अध्यक्षमा किरण बिक छन्।

‘जेनजी आन्दोलनलाई छिटो भन्दा छिटो एउटा राजनीतिक पुंजीको रुपमा विकास गर्न , जेनजीक्रान्तिलाई प्रतिक्रान्ति हुन् बाट बचाउन र चुनाव बाट नै राजनीति निकास खोज्न नयाँ छुटै दलको आवस्यकता परेकोले  हालै सम्पन्न जेनजी क्रान्तिको उपलब्धिलाई रक्षा गर्न ‘राष्ट्रिय जेनजी पार्टी नेपाल; गठन भएको’ पार्टीले जानकारी दिएको छ।  पार्टीको चुनाव चिन्ह डबल क्रस खुकुरी रहेको पनि अध्यक्ष बिकले जानकारी दिए।

पार्टीको विधानमा पदाधिकारीमा दुइ कार्यकाल र जुनसुकै तहको सदस्यताका लागि उमेर हदबन्दी  राखेको छ। दलले सामाजिक उदारबादलाई राजनीतिक सिद्धान्तका रूपमा अपनाएको पनि अध्यक्ष बिकले जानकारी दिए।

पार्टीले युवा, संघीयता , धर्म निरपेक्षता , समानुपातिक समावेशिता , वातावरणवाद , यौनिक अल्पसंख्यक र गणतन्त्रलाई आफ्नो आधार स्तम्भ मानेको पनि अध्यक्ष बिकले जानकारी दिए।

अध्यक्ष बिकले जेनजी आन्दोलनमा बुटवल बाट सहभागिता जनाएका थिए। युवा अभियन्ता बिक अखबारी लेखन तथा दलित आन्दोलनमा सक्रिय थिए।

फिल्ममेकिङ र कानुनमा स्नातक गरेका बिकले सहरी योजनामा स्नातकोत्तर गरेका छन्।

बिकका अनुसार आयोगले कात्तिक ९ गते नपुगेका कागजात सहित थप परामर्शका लागि उपस्थित हुन आग्रह गरेको छ।

आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर जबराले पार्टीको नाम र चुनाव चिन्हमा पुनर्विचार गर्न सुझाव दिएका छन्। पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति छ भने ५ जना पदाधिकारी छन्।

6 thoughts on “किरण बिककाे अध्यक्षतामा राष्ट्रिय जेनजी पार्टी दर्ता”

jalalive gratis’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ