तिओबीका नाइके दावाका सबै कानुनी कागजात नक्कली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न ‘TOB कमाण्डर’का रूपमा चर्चित तेन्जिन दावा लामाको नेपाली नागरिकता नक्कली भएको खुलेको छ।

प्रहरीका अनुसार उनले २०६३ सालमा नक्कली जन्मदर्ता प्रयोग गरी काठमाडौं महानगरपालिका वडा नं. ६ बाट नागरिकता लिएका थिए। महानगरपालिकाले “उक्त सिफारिस आफूहरूले नगरेको” आधिकारिक रूपमा जनाएको छ।

तेन्जिनले सोही फर्जी नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाएका थिए र हाल ती कागजातमार्फत अष्ट्रेलिया जान तयारीमा रहेका बेला पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा उनले भनेका छन् ,“मलाई सबैले तिब्बती भनेर उडाएपछि म नेपाली नै हो भनेर प्रमाणित गर्न टिकटक बनाएको थिएँ, तर त्यो नै मेरो आत्मघाती गल्ती बन्यो।”

प्रहरीले उनलाई फर्जी नागरिकता, राहदानी र कागजात दुरुपयोगसम्बन्धी मुद्दामा अनुसन्धान गर्दै २५ दिनभित्र अदालतमा मुद्दा पेश गर्ने तयारी गरेको छ।

यो घटनाले विदेशी तत्वहरूले घुस र जालसाजीमार्फत नेपाली नागरिकता लिने प्रवृत्ति पुनः सतहमा ल्याएको भन्दै प्रहरी अधिकारीहरूले कठोर कारबाहीको माग गरेका छन्।

4 thoughts on “तिओबीका नाइके दावाका सबै कानुनी कागजात नक्कली”

revitag’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ