प्रचण्ड पुत्री गंगा दाहालले ‘प्रचण्ड’ को सचिवालय संयोजकबाट राजीनामा घाेषणा

काठमाडौं । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय संयोजक रहेकी गंगा दाहालले राजीनामाको घोषणा गरेकी छ । फेसबुकमा लामो र भावुक स्टाटस लेख्दै गंगाले निरन्तर आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनावद्ध प्रहार भइरहेको भन्दै संयोजकबाट राजीनामा गरेको उल्लेख गरेकी छन् ।

आफ्नो लवाई खुवाइलाई लिएर निरन्तर कुप्रचार गरिएको र भ्रम फैलाइएको भन्दै उनले राम्रो गर्छु भन्दा भन्दै विवादमा पारिएको गुनासो गरेकी छन् ।

‘म, मेरा दिदीहरू र भाइले महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएको कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागीरहियो ।कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरो बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ कहिले कति लाखको घडी ! लाख पर्ने घडी,ब्याग जिन्दगीमा कहिले किनेको पनि छैन साथीभाईले जन्मदिनको अवसरमा दिएको उपहार थियो सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो अजै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’

One thought on “प्रचण्ड पुत्री गंगा दाहालले ‘प्रचण्ड’ को सचिवालय संयोजकबाट राजीनामा घाेषणा”

jala live’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ