Nepal Viral
अक्टोबर 26, 2025

जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको गोलीसहित कोटेश्वरबाट दुई जना पक्राउ

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले आकस्मिक (एम्बुस) अपरेसनका क्रममा नरेफाटबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दिया, बढैयाताल–३ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा, झिलझिले घर भई काठमाडौंको मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले जेन–जी आन्दोलनका क्रममा दरबारमार्ग क्षेत्रबाट उक्त गोली फेला परेको भन्दै साथमा लिएर हिंडेको बताएका छन्। लुटिएका हतियारबारे भने उनीहरूले कुनै जानकारी नभएको बताएका प्रहरी स्रोतले जनाएको छ।

2 thoughts on “जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको गोलीसहित कोटेश्वरबाट दुई जना पक्राउ”

hiếp dâm con ghẹ bên ABCVIP’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ