आज दलितहरूमध्ये जे विद्रोहको भाव जागेको छ, त्यसको दियो प्रचण्डले बालिदिए: खगेन्द्र सुनार

दलितका लागि दलित अभियान नेपाल का संयोजक खगेन्द्र सुनारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित समुदायभित्र विद्रोहको चेतना जगाउने ऐतिहासिक भूमिका खेलेको बताएका छन्।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुनारले भने, “आज दलितहरूमध्ये जे विद्रोहको भाव जागेको छ, त्यसको दियो प्रचण्डले बालिदिएका हुन्। सबै दलितहरू माओवादीतिर लाग्न थालेपछि मात्रै कांग्रेस र एमालेले दलितलाई ठाउँ दिन थालेका हुन्।”

उनका अनुसार, माओवादी आन्दोलनले दलितको आवाजलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याएको हो। तर, अन्य दलहरूले त्यो चेतनालाई आत्मसात गर्न ढिलाइ गरेको उनले टिप्पणी गरे।

सुनारले कांग्रेस पार्टीभित्र दलितहरूले अझै पनि अपमान र घृणाको व्यवहार भोग्नुपरेको आरोप लगाए। “कांग्रेसको प्रवृत्तिले न्याय गर्न सक्दैन, दलितहरू अझै दोस्रो दर्जामा ठेलिएका छन्,” उनले भने।

यद्यपि, हाल मन्त्री नबने पनि उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई पूर्ण समर्थन गर्ने बताएका छन्। सुनारले भने, “देश संकटमा परेको छ, यस्तो बेला सरकारलाई सफल बनाउन म तयार छु। मन्त्री होइन, देश र जनताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो।”

विश्लेषकहरूका अनुसार, सुनारको यो अभिव्यक्ति दलित राजनीति र माओवादी आन्दोलनबीचको ऐतिहासिक सम्बन्ध पुनः चर्चामा ल्याउने प्रकारको रहेको छ।

12 thoughts on “आज दलितहरूमध्ये जे विद्रोहको भाव जागेको छ, त्यसको दियो प्रचण्डले बालिदिए: खगेन्द्र सुनार”

MEHDI AHMET ENES MUSAOGULLARI’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ