काठमाडौं । माेडल तथा डान्सर कविता नेपाली पछिल्लो समय मिडास भएकी छिन् । उनले जुन विधामा हात हालिन् , त्यसमा सफल भएकी छिन् । कविताले रियालिटी साे बुगीबुगीकाे उपाधि जितेपछि पछाडि फर्केर हेर्नु परेको छैन । यसैवर्ष उनले ८ हजार मिटरभन्दा दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से आरोहण गरिन् । लगत्तै , उनको डेब्यु फिल्म कथानक ‘एक्लो’ विश्वप्रसिद्ध कान्स मार्केटमा प्रस्तुत भयो ।
यी डान्सर, सोसल मिडिया कन्टेन्ट क्रिएटर तथा पर्वतारोहीको प्रगतिको गति यत्तिमै रोकिएको छैन । उनी पछिल्लो समय निकै रुचाइएको नेपाली एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’को सातौं सिजनको ‘ग्याङ लिडर’ अर्थात निर्णायकको रुपमा अनुबन्धित भएकी छन् ।