Nepal Viral
जुलाई 27, 2025

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने

काठमाडौं ।यस वर्षको ग्लोबल हिरो अवार्ड सांसद ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीले आयोजना गर्ने समारोहमा दुवै जनालाई अवार्ड प्रदान प्रदान गरिने भएको हो । 

यो अवार्ड आगामी जुलाई २७ मा प्रदान गरिने आयोजकले जनाएको छ । ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ। 
शाही र घिसिङले राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो ।

शाही राप्रपा सांसदहुन् भने घिसिङ नेपाल विद्युत प्राधकिरणका पूर्वकार्यकारी निर्देशक हुन् । शाहीले भ्रष्टाचार विरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा निरन्तर आवाज उठाउँदै आएका छन् । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ