Nepal Viral
जुलाई 29, 2025

सम्पर्कविहीन हायू परिवार पोखराका दुई ठाउँमा बसेको भेटियो

काठमाडौं । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ जना पोखराको दुई ठाउँमा बसेको खुलेको छ । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा बसेका थिए । 

कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, उनीहरू शनिबार होटेलमा तीनवटा कोठा लिएर बसेका थिए । होटेलमा बस्नेले आइतबार बिहान चेक आउट गरेका थिए ।

बाँकी चारजना पोखरा–३२, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेको खुलेको छ । अहिले दुवै ठाउँमा प्रहरी पठाइएको छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ